ढुंगा खसेर तार काटिँदा ३ जिल्लाको विद्युत् अवरुद्ध

गएरातिको वर्षासँगै माथिबाट खसेकाे ढुंगाले ३३ केभी विद्युत्‌ तार काटिँदा कालिकाेट, जुम्ला र मुगुको राष्ट्रिय प्रसाण लाइन अवरुद्ध भएको हो ।

असार २७, २०८३

तुलाराम पाण्डे

Power Outage in Three Districts After Rockfall Cuts Power Line

कालिकोट — कालिकोटको खाँडाचक्र नगरपालिका-२ हुल्म भीर नजिकै माथिबाट खसेकाे ढुंगाले ३३ केभी विद्युत्‌ तार काटिँदा गएरातिबाट ३ जिल्लाको विद्युत् अवरुद्ध भएको छ । कालिकाेटसहित जुम्ला र मुगुको राष्ट्रिय प्रसाण लाइन अवरुद्ध भएको हो ।

विद्युत् कार्यालय कालिकोटका वरिष्ठ प्राविधिक जयप्रसाद पाण्डेले  मर्मत गर्न टोली खटिसकेकाे बताए ।

अछामकाे कमल बजार हुँदै आएको राष्ट्रिय प्रसारण लाइन कर्णाली राजमार्ग हुँदै मुगुसम्म पुगेको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully