कालीमाटीले १० दिनपछि ल्यायो साढे ५३ करोडको बजेट

अध्यक्ष केसी उपचार गरेर फर्केपछि नीति र कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ४५ लाख ३० हजारको बजेट पारित गरेको छ ।

असार २३, २०८३

विप्लव महर्जन

Kalimati brings in Rs 535 million budget after 10 days

सल्यान — मोटरसाइकल दुर्घटनामा परेर पालिका अध्यक्ष दानबहादुर खत्री केसी घाइते भएपछि असार १० मा गाउँसभा स्थगित गरेको कालीकाटी गाउँपालिकाले १० दिनपछि बजेट ल्याएको छ । 

अध्यक्ष केसी उपचार गरेर फर्केपछि नीति र कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ४५ लाख ३० हजारको बजेट पारित गरेको छ । 

पालिकाले कुल बजेटको झन्डै ४० प्रतिशत पुजीगत  र ६० प्रतिशत चालुतर्फ छुट्याएको छ । बजेटले सडक, विद्युत, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पशुपालन र संचारलाई प्राथमिकता दिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २२ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ७२ लाख ३९ हजार, समपूरक अनुदानबाट १ करोड ९३ लाख तथा सशर्त अनुदानबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३३ लाख २८ हजार, राजस्व बाँडफाडबाट २१ लाख ११ हजार, सशर्त अनुदान २ करोड ३ लाख ५२ हजार, समपूरक अनुदान १ करोड १८ लाख तथा विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने उनले जानकारी दिए । गाउँपालिकाले आन्तरिक राजस्वबाट ५७ लाख रुपैयाँ संकलन गर्ने तथा बैंक मौज्दातबाट १ करोड रुपैयाँ उपयोग गरिने बजेटमा छ ।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully