गर्भावस्थामा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि बुधबार कर्णाली प्रदेश अस्पताल ल्याइएको हो।

असार १७, २०८३

ज्योति कटुवाल

Rescued by helicopter after experiencing a complex pregnancy problem

सुर्खेत — डोल्पाको दुर्गम छार्का ताङसोङ गाउँपालिका–१ की २७ वर्षीया छिरिङ गुरुङलाई गर्भावस्थामा जटिल समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको छ। 

स्थानीय स्वास्थ्य चौकीमा आवश्यक विशेषज्ञ उपचार सम्भव नभएपछि चिकित्सककै  सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि बुधबार कर्णाली प्रदेश अस्पताल ल्याइएको हो। 

दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट ल्याएर समयमै उपचार गर्न सम्भव नहुने भएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याउनु परेको छिरिङका श्रीमान् फूर्वा सन्दुक गुरुङले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully