सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

कर्णाली प्रदेश सरकारले बुधबार दिउँसो प्रस्तुत गरेको नीति कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानुन तर्जुमा गर्ने उल्लेख गरिएको हो ।

जेष्ठ २०, २०८३

तृप्ति शाही

Surkhet's Provincial Hospital to be converted into a Health Sciences Institute

वीरेन्द्रनगर — सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले बुधबार दिउँसो प्रस्तुत गरेको नीति कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानुन तर्जुमा गर्ने उल्लेख गरिएको हो ।

आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुखको स्वास्थ्यमा असहजता आएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति कार्यक्रम प्रस्तुत गर्दै कर्णाली सरकारका मुख्यमन्त्री कँडेलले स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने बताए ।

प्रदेशअन्तर्गतका सबै अस्पताललाई प्रदेश सरकारको नामबाट नामकरण गरी अस्पतालहरूमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर स्तरोन्नति गर्ने योजना नीति कार्यक्रममा समेटिएको छ ।

बिरामीको चाप भएका स्थानीय तहबाट सञ्चालित अस्पतालहरूलाई भौतिक पूर्वाधारका लागि सहयोग गरिने पनि प्रदेश सरकारले नीति कार्यक्रममा समेटेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully