प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालनमा

कर्णालीसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट पनि बिरामीहरु आउने प्रदेश अस्पतालमा बिरामीकै निकै चाप हुन्छ ।

जेष्ठ १४, २०८३

तृप्ति शाही

OPD service continues to operate at Provincial Hospital Surkhet even on public holidays

What you should know

वीरेन्द्रनगर — प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ ।

अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, क्रिसमस डे, तमु ल्होछार, पृथ्वी जयन्ती, माघे सक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस र ग्याल्पो ल्होसार , पृक्ष्वी जयन्ती , माघे संक्रान्ति , प्रजातन्त्र दिवस , नारी दिवस , ग्याल्पो ल्होसारको सार्वजनिक बिदामा पनि ओपीडी सेवा उपलब्ध हुने जनाएको छ ।

ईद उल फित्र र बकर ईदको बिदामा नेपाल सरकारको निर्णय अनुसार मिति तोकेपछि सोहीअनुसार सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । 

कर्णालीसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट पनि बिरामीहरु आउने प्रदेश अस्पतालमा बिरामीकै निकै चाप हुन्छ । आइतबार र शनिबार बिदाको कारण अझै बिरामीको चाप बढेकोले बिदाको दिनमा पनि ओपीडी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश अस्पताल सुर्खेतकी सूचना अधिकारी (उपसचिव)अनिता ज्ञावलीले जानकारी दिइन् । 

बिरामीको सहजताका लागि यो गरिएको उनले बताइन् । दैनिक १५ सय देखि २ हजारको हाराहारीले अस्पतालबाट नियिमित रुपमा ओपीडी सेवा लिइरहेका छन् । सूचना अधिकारी ज्ञवालीले भनिन्,‘भौगोलिक विकटताको कारण बिरामीहरु प्रदेश अस्पतालसम्म पुग्नै समय लाग्छ । पुगेपछि सेवा पाउन सकुन् भन्न उदेश्य हो ।’ प्रदेश अस्पताल सुर्खेतमा नेपाल सरकारले आकस्मिक रूपमा घोषणा गर्ने बिदाका दिनमा पनि शनिबार र आइतबारबाहेक सेवा सञ्चालन गरिने छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully