सीमा विवादबारे कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

मुख्यमन्त्री कँडेलले पत्रमा सीमा विवाद थप जटिल बन्न नदिन संघीय सरकारले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

जेष्ठ ७, २०८३

ज्योति कटुवाल

Karnali Chief Minister Kandel draws Prime Minister's attention to border dispute

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला र बाजुराको सीमा क्षेत्रमा देखिएको विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । 

मुख्यमन्त्री कँडेलले बिहीबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै हुम्लाको लाम्पाटा–च्याचौर क्षेत्र र बाजुरासँग जोडिएको सीमामा पछिल्ला दिनमा उत्पन्न विवादका कारण स्थानीयवासीबीच तनाव बढेको उल्लेख गरेका छन् । 

उनले सीमा विवादका कारण शान्ति–सुरक्षामा असर परेको तथा सर्वसाधारणको जनजीवन प्रभावित बनेको बताएका छन् ।

मुख्यमन्त्री कँडेलले पत्रमा सीमा विवाद थप जटिल बन्न नदिन संघीय सरकारले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्। सीमा समस्याको दीर्घकालीन समाधानका लागि संघीय सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीसँग आवश्यक समन्वय र हस्तक्षेपको समेत उनले आग्रह गरेका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully