उनका श्रीमान् हिमाल नेपालीले लगातार ६ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको कारण कर्णाली प्रदेश अस्पताल आउनुपरेको बताए ।
सुर्खेत — बाजुराकी जटिल अवस्थाकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा स्वामीकार्तिक खापर गाउँपालिका–१, बाजुराकी १८ वर्षीया ललिता नेपालीलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ल्याइएको हो ।
गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । उनका श्रीमान् हिमाल नेपालीले लगातार ६ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको कारण कर्णाली प्रदेश अस्पताल आउनुपरेको बताए ।
‘हाम्रो जिल्लामा भएका स्वास्थ्य सस्थामा आवश्यक उपकरण नभएकाले पनि रेफर हुनु परेको हो,’ उनले भने । दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
