नगर प्रहरीले फालिदियो एक डालो काफल, मेयरले दिइन् १० हजार रुपैयाँ

पालिकाका जनप्रतिनिधि र कर्मचारीले पनि १ हजार ५ सय रुपैयाँबराबरको काफल किनेर दिए ।

जेष्ठ ६, २०८३

तृप्ति शाही

The city police threw away a basket of food, the mayor gave her 10,000 rupees.

वीरेन्द्रनगर — नगर प्रहरीको दुर्व्यवहारको सर्वत्र आलोचना भएपछि वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलालाई १० हजार रुपैयाँ सहयोग गरेको छ । 

वीरेन्द्रनगरमा धमिला चौलागाईंको एक डालो काफल सडकमा घोप्ट्याइदिएपछि सामाजिक सञ्जालमा नगर प्रहरीको कडा निन्दा भएको थियो ।

The city police threw away a basket of food, the mayor gave her 10,000 rupees.

नगरपालिकाले बसपार्कअगाडि सडकमा काफलको डालो बोकेर हिँडिरहेकी महिलालाई नगर प्रहरीबाट भएको  दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जानकारी गराएको छ। साथै उक्त दुर्व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल कारबाही गर्ने निर्णय पालिकाले गरेको छ । कालीकोटकी चौलागाईंलाई १० हजार रुपैयाँ सहयोगस्वरूप प्रदान गरिएको मेयर मोहनमाया ढकालले बताइन् । 

त्यस्तै पालिकाका जनप्रतिनिधि र कर्मचारीले पनि १ हजार ५ सय रुपैयाँबराबरको काफल किनेर दिए । घटना नियतवश नभएको मेयर ढकालले बताइन् । मेयर ढकालले वीरेन्द्रनगरमा फुटपाथ व्यवस्थापन भइरहेको समेत जानकारी दिइन् । 

नगर प्रहरीको गाडीबाट झरेका नगर प्रहरीले  काफलको डालो सडकमा फालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले पनि दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापनको काम गर्दै आएको बताए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully