घटनासम्बन्धी अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।
जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ पुर्जीको आधारमा बुधबार पक्राउ गरेको जनाएको छ । घटनासम्बन्धी अनुसन्धान गर्न अदालतले पाँच दिनको समय म्याद थप गरेको प्रहरीले जनाएको छ ।
‘पीडित महिलाको जाहेरीपछि हामीले पक्राउ गरेका हौं’, जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले भने, ‘पीडितले आफूलाई वडाध्यक्ष बुढाले पटक–पटक धम्क्याउदै जबरजस्ती करणी गर्ने गरेको उजुरी दिएकी छिन् ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार राति वडाध्यक्ष बुढाविरुद्ध उजुरी परेको थियो । उनलाई कानुनी प्रक्रिया अनुसार नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
