सुर्खेत प्रदेश अस्पतालमा हेलिप्याड

कालिकोटमा रुखबाट लडेर घाइते भएका बिरामीलाई हवाई उद्वार गरी सोमबार प्रदेश अस्पताल सुर्खेत ल्याउँदा यही हेलिप्याडको प्रयोग गरिएको छ।

वैशाख २१, २०८३

तृप्ति शाही

Helipad at Surkhet Provincial Hospital

वीरेन्द्रनगर —  

प्रदेश अस्पताल सुर्खेतमा हेलिप्याड निर्माण गरिएको छ । अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको हो। हेलिप्याड निर्माणसँगै दुर्गमबाट आएका बिरामीको उपचार सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतको समन्वयमा  यहाँ प्राविधिक जाँच तथा परीक्षण उडान पनि गरिसकिएको छ । कालिकोटमा रुखबाट लडेर घाइते भएका बिरामीलाई हवाई उद्वार गरी सोमबार प्रदेश अस्पताल सुर्खेतमा ल्याउँदा यही हेलिप्याडको प्रयोग गरिएको छ। 

आकस्मिक स्वास्थ्य सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले हेलिप्याड निर्माण गरिएको अस्पतालकी सूचना अधिकारी (उपसचिव) अनिता ज्ञवालीले जानकारी दिइन् । हेलिप्याडले अब गम्भीर तथा आकस्मिक अवस्थाका बिरामीको शीघ्र उद्धार तथा समयमै उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । 

यसअघि दुर्गम जिल्लाबाट थप उपचारका लागि हेलिकप्टरमा प्रदेश अस्पताल ल्याउनुपर्ने बिरामीलाई सुर्खेत विमानस्थलमा झारेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइने गरिएको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully