श्रीमती हत्या अभियोगमा जन्मकैद

श्रीमती हत्या अभियोगमा सुर्खेतका दर्शन खत्रीलाई जन्मकैदको सजाय सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको हो ।

वैशाख १८, २०८३

तृप्ति शाही

Life imprisonment for wife murder

वीरेन्द्रनगर — श्रीमती हत्या अभियोगमा सुर्खेतका दर्शन खत्रीलाई जन्मकैदको सजाय सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको हो । 

जिल्ला अदालत सुर्खेतका न्यायाधीश वसन्तराज जोशीको इजलासले खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अभियोग दाबी पुग्ने ठहर गर्दै जन्मकैद सजायका साथै ३ लाख पीडितको आफन्तलाई क्षतिपूर्ति भराउने फैसला भएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

नेपाली सेनाका पिउठ खत्रीलाई एक वर्षअघि २०८२ बैशाख २१ गते श्रीमती प्रेमा वलीलाई जंगलमा लगेर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । खत्रीविरुद्ध २०८२ जेठ १६ गते सुर्खेत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully