कर्णाली करिडोरमा एक्स्काभेटर दुर्घटना, ७ घन्टापछि भीरबाट निकालियो मृतकको शव

दुर्घटनामा बाजुरा जगन्नाथ-६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।

वैशाख १३, २०८३

तुलाराम पाण्डे

Excavator accident in Karnali Corridor, body of deceased recovered from cliff after 7 hours

कालीकोट — कर्णाली करिडोर अन्तर्गत कालीकोट र बाजुराको सिमानामा पर्ने लैफु डाँडामा एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाजुरा जगन्नाथ-६ का १८ वर्षीय महेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।

उनका अनुसार कर्णाली करिडोरको लैफु-कोल्टी सडक खण्डमा माटो पन्छाउने क्रममा एक्स्काभेटर भीरमा खसेको हो । प्रदेश नं ३–०१–००३ क ६३११ नम्बरको एक्स्काभेटर सडकबाट २ सय मिटर तल भीरमा खसेपछि एक्स्काभेटरसँगै खसेका रावलको शव भीरबाट निकाल्न कालीकोटको सदरमुकाम मान्मबाट उपसेनानी प्रवीण श्रेष्ठको नेतृत्वमा नेपाली सेनाको टोलि घटनास्थल पुगेपछि भीरबाट शव झिक्न ७ घन्टा लागेको प्रहरीले जनाएको छ । 

एक्स्काभेटर अड्किएको ठाउँबाट ३ सय मिटर तल मृतकको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकबाल हवारीले भने भीरमा झर्न नेपाली सेना र प्रहरीलाई दिनभरि लागेको बताए । मृतकको शव पोस्टमार्टमका लागि कोल्टी अस्पताल लगिएको छ ।

उक्त दुर्घटनामा हाम फालेर भागेका चालक केशव विष्टलाई कालीकोटको सान्नीगाडबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully