कृषि विकास बैंक डोल्पा शाखाद्वारा दुई लाख बराबरको सहयोग

बढ्दो पर्यटकीय चहलपहललाई ध्यानमा राख्दै आगन्तुकलाई बसेर सुन्दर ताल अवलोकन गर्न सहज होस् तथा सरसफाइ व्यवस्थापनमा टेवा पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको डोल्पास्थित कृषि विकास बैंक लिमिटेड शाखा प्रबन्धक प्रदीप पाण्डेले बताए।

वैशाख १२, २०८३

रामचन्द्र न्यौपाने

Agricultural Development Bank Dolpa Branch provides assistance worth Rs. 200,000

डोल्पा — हिमाली जिल्ला डोल्पास्थित कृषि विकास बैंक लिमिटेड, डोल्पा शाखाले फोक्सुण्डो ताल क्षेत्रका लागि करिब दुई लाख रुपैयाँ बराबरका सामग्री सहयोग गरेको छ। शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोस्थित फोक्सुण्डो ताल संरक्षण समितिलाई बैंकले डेस्क–बेन्च र डस्टबिन हस्तान्तरण गरेको हो। 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नौ वटा फलामका डेस्क–बेन्च र चारवटा डस्टबिन उपलब्ध गराइएको शाखाले जनाएको छ।

बढ्दो पर्यटकीय चहलपहललाई ध्यानमा राख्दै आगन्तुकलाई बसेर सुन्दर ताल अवलोकन गर्न सहज होस् तथा सरसफाइ व्यवस्थापनमा टेवा पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको शाखा प्रबन्धक प्रदीप पाण्डेले बताए।

उनका अनुसार प्राकृतिक सम्पदाको अनुपम वरदानका रूपमा रहेको फोक्सुण्डो तालमा आगन्तुकको संख्या बढ्दै गएकाले आवश्यक आधारभूत पूर्वाधार व्यवस्थापनमा सहयोग गरिएको हो।

कार्यक्रममा कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख राजु केसी श्रेष्ठ, प्रदेश प्रमुख अनोज थलानी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय सरोकारवाला, संरक्षण समितिका प्रतिनिधि तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो। प्राप्त सामग्री समितिमार्फत सामग्रीको व्यवस्थापन गरिने जनाइएको छ।

डोल्पा शाखाले पछिल्लो एक वर्षमा कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हासिल गरेको जनाएको छ भने डिजिटल बैंकिङ कारोबारमा समेत विस्तार हुँदै गएको समेत शाखा प्रमुख पाण्डेले जानकारी दिए।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully