३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिष्पर्धामा १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदकका साथ तिलागुफा प्रथम भएको छ।
What you should know
कालीकोट — नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा आयोजित १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
वैसाख ७ बाट सुरु भएको प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको छ । ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिष्पर्धामा १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदकका साथ तिलागुफा प्रथम भएको हो । ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेको पलाता गाउँपालिका दोस्रो भएको छ । ३ स्वर्ण, १२ रजत र ९ कास्यसहित आयोजक नरहरिनाथ गाउँपालिका तेस्रो भएको नरहरिनाथका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए ।
उनका अनुसार पचालझरना गाउँपालिकाले ३ स्वर्ण, २ कास्य गरी ५, महाबै गाउँपािलकाले २ स्वर्ण, १ रजत र १ कास्य गरी ४, सान्नीत्रिवेणी गाउँपालिकाले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६, खाडाचक्र नगरपालिकाले १ स्वर्ण, १ कास्यगरी २, रास्कोट नगरपालिकाले २ रजत र ५ कास्य गरी ७ पदक पाउँदा शुभकालिका गाउँपालिकाले कुनै पदम हात पार्न सकेन ।
जिल्लाका ९ वटै स्थानीय तहका खेलाडी सहभागी भएको प्रतियोगिताबाट १७ छाात्र र १५ छात्र गरी ३२ खेलाडी प्रदेश स्तरीय रनिङ शिल्डका लागि छनोट भए । ती मध्ये आधाभन्दा बढी तिलागुफा नगरपालिकाका खेलाडी छनोटमा परेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
बिहीबार सम्पन्न छात्र भलिबलमा महाबै गाउँपालिका प्रथम, तिलागुफा नगरपालिका द्वितीय र सान्नीत्रिवेणी गाउँपालिका तेस्रो बनेको छ भने छात्रातर्फ नरहरिनाथ प्रथम, तिलागुफा द्वितीय र रास्कोट नगरपालिका तृतीय बनेको भलिबलका राष्ट्रिय खेलाडी खेमराज गिरीले बताए ।
