घरमै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भटराईले बताए ।
सल्यान — जबरजस्ती करणी(बलात्कार) मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । छत्रेश्वरी–६ का ३० वर्षीय मोहन विक भन्ने होमबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भटराइृले बताए ।
चलाउनेलाई कानुनी कारबाहीको लागि कारागार चलान गरिएको उनले जानकारी गराए । उनका अनुसार २०६८ मा एक महिलालाई बलत्कार गरी चलाउने फरार रहेका थिए ।
