गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र पाउने भएपछि स्थानीय खुसी
कालीकोट — लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै नागरिकता र राष्ट्रिय परिचय पत्र पाउने भएका छन् । यस क्षेत्रमा रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिका छन् ।
यहाँका चारवटा स्थानीय तहलाई लक्षित गरी सोमबारदेखि कालीकोटको रास्कोटमा इलाका प्रशासन संचालन हुने भएको छ ।
लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै नागरिकता र राष्ट्रिय परिचय पत्र पाउने भएका छन् । यस क्षेत्रमा रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिका छन् ।
इलाका प्रशासन कार्यालयका लागि कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारीहरु खटिएको कालीकोटका प्रजिअ गोकर्णराज सुयलले बताए । 'भोलि सोमबारदेखि रास्कोटबाट सेवा सुरु गर्दैछौं,' उनले भने, 'रास्कोट आसपासका बासिन्दालाई सहज हुनेछ ।'
रास्कोटमा इलाका प्रशासन संचालन भएपछि चार पालिकाका ५० हजार बासिन्दालाई सहज हुने सहायक प्रजिअ जनक शर्माले बताए । नागरिकता लिनकै लागि ३ देखि ५ हजार खर्च हुने अवस्थाबाट पार पाउने भएकाले खुसी लागेको रास्कोट-४ माथी स्युनाका ७५ वर्षीय प्रभाखर उपाध्यायले बताए ।
