खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
सुर्खेत — हुम्लामा सुत्केरीपछि जटिल स्वास्थ्य समस्या देखिएकी एक महिलाको हवाई उद्धार गरिएको छ ।
खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत् आइतबार उनलाई सुर्खेत ल्याइएको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए ।
शाहीको अवस्था गम्भीर रहेकाले तत्काल हवाई उद्धार गर्नुपरेको उनको भनाइ छ ।