रुकुमको आठविसकोट अस्पतालमा चेकअप गरेर घर फर्किने क्रममा मीना बुढाक्षेत्री सोमबार अटो दुर्घटनामा परेकी हुन् । उनको स्वास्थ्यमा समस्या देखा परेपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
सुर्खेत — अटो दुर्घटनामा परेकी जाजरकोटको नलगाड नगरपालिका-८ निवासी ३३ वर्षीया मीना बुढाक्षेत्रीलाई जटिल प्रसूति समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ ।
रुकुमको आठविसकोट अस्पतालमा चेकअप गरेर घर फर्किने क्रममा सोमबार अटो दुर्घटनामा परेकी हुन् । उनको स्वास्थ्यमा समस्या देखा परेपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
जाजरकोटका युवा नेता छवि पन्तका अनुसार नियमित जाँच (चेकअप) का लागि रुकुमको आठविसकोट अस्पताल पुगेकी मीना अटो दुर्घटनामा परेकी हुन्। दुर्घटनापछि अवस्था गम्भीर बन्दै गएपछि हवाई उद्धार गरी सुर्खेत पठाइएको उनले बताए।
चिकित्सकहरूका अनुसार आमा र गर्भस्थ शिशु दुवैको स्वास्थ्य अवस्था संवेदनशील रहेकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा तत्काल स्थानान्तरण आवश्यक परेकाले सुर्खेत पठाइएको हो।
