सुरूमा घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भएको थियो । उनीहरूमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा. विशाल उप्रेतीले जानकारी दिए ।
वीरेन्द्रनगर — खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका जाजरकोटका तीन जनालाई नेपालगञ्ज पठाइएको छ । ग्यास लिक भएर भएको आगलागीबाट घाइते उनीहरूलाई आइतबार थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई व्यक्तिगत खर्चमा पठाइएको हो । ४ लाख ५ हजार रुपैयाँमा उनीहरूलाई जाजरकोटबाट नेपालगञ्ज पठाइएको हो ।
आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैशीको भान्सा कोठामा घटना भएको हो।उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए।
सुरूमा घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भएको थियो । उनीहरूमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा. विशाल उप्रेतीले जानकारी दिए ।
प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको उनले बताए । नेपालगञ्जबाट उनीहरूलाई जहाजमै काठमाडौं पठाउने तयारी गरिरहेकोको परिवारले जनाएको छ ।
