साइबर ठगी आरोपमा जिल्ला प्रशासन सल्यानका सुब्बा पक्राउ

जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी डा. हेमबहादुर केसीले बताए ।

चैत्र २५, २०८२

विप्लव महर्जन

District administration officer of Salyan arrested on charges of cyber fraud

सल्यान — साइबर ठगीको आरोपमा जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा निरज परियारलाई प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रशासन कार्यालय सल्यानका कर्मचारी नासु परियारलाई सोमबार बेलुकी कार्यालय समय सकिए लगत्तै पक्राउ गरेको हो । जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी डा. हेमबहादुर केसीले बताए । 

परियारले जेन–जी सल्यानका संयोजक युवराज खड्गालगायतले आफूले मुद्दा मिलाउने क्रममा पैसा लिएको नक्कली म्यासेन्जर‍ कुराकानी देखाएर चरित्र हत्या गर्न खोजेको भन्दै परियारबिरुद्ध उजुरी दिएका थिए । 

साइबर ठगीलगायत, सर्वसाधारणलाई दुःख दिएको मुद्दा परेपछि सोमबार परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully