कर्णाली सरकारको निर्णय : २०८३ मा थप ६ दिन सार्वजनिक बिदा

राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

चैत्र २४, २०८२

रासस

Karnali government decision: 6 more days of public holidays in 2083

काठमाडौँ — कर्णाली प्रदेश सरकारले २०८३ सालमा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आज वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो निर्णय गरको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

'प्रदेश सरकारले चैत १२ गते (धान दिवस), असोज २२ गते चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ,' उनले भने, 'यद्यपि यो जुम्ला जिल्लाका लागि मात्र हो । असार १५ को राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।'

उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमामा प्रदेशभर सार्वजनिक बिदा हुनेछ ।  

त्यसैगरी, बैठकबाट प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची २ मा हेरफेर गरी उक्त सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

रासस

Link copied successfully