प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी भएकाले यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिनेमा मुख्यमन्त्री यामलाल कँडेलको जोड ।

चैत्र २३, २०८२

तृप्ति शाही

Private sector support necessary for provincial development: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको बताए । 

कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने धारणा पनि उनले राखे ।

'कर्णालीमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,' उनले भने, 'निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ।' अब परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । कर्णालीलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्ने उनको तर्क थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully