श्रीनगर, लुहाम, बाग्चौर, सल्लीबजार, रागेचौर, थारमारेलगायतका स्थानबाट बालुवा उत्खनन् गरेर लैजाँदै गरेका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सल्यान — सल्यानका विभिन्न स्थानबाट अबैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरेर लैजाँदै गरेका २८ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीनगर, लुहाम, बाग्चौर, सल्लीबजार, रागेचौर, थारमारेलगायतका स्थानबाट बालुवा उत्खनन् गरेर लैजाँदै गरेका ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सल्यानका १० स्थानीय तहमध्ये दुई स्थानीय तहले मात्र नदीजन्य बस्तु उत्खनन् गर्न ठेक्का लगाएका छन् । अन्य पालिकामा उत्खनन् अबैध भएकाले वालुवासहितका ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी डा. हेमबहादुर केसीले बताए ।
उनका अनुसार पालिकाले कारवाही गरेर जरिवाना तिराएपछि बालुवासहितका १६ ट्याक्टर छाडिएको छ । केही महिनाअघि पनि अबैध रुपमा खोलाजन्य वस्तु उत्खनन् गर्दै आएको जेसिबी र टिपर नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए । जथाभावी रुपमा गिट्टी, बालुवा उत्खनन्ले शारदा नदीलगायत स्थानीय खोला क्षेत्रमा कटानको जोखिम बढेको उनको भनाई छ ।
