खलंगा बजार नजिकैको वनमा आगलागी

मुसिकोट नगरपालिका–२ सल्लेदेखि तलपट्टिको जंगलमा साँझ ७ बजेदेखि आगलागी भैरहेको हो । आगो कसले लगायो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले बताए ।

चैत्र २१, २०८२

महेश केसी

Fire breaks out in forest near Khalanga Bazaar

रुकुम पश्चिम — रुकुम पश्चिमको सदरमुकाम खलंगा बजारदेखि नजिकैको वनमा अगलागी भएको छ । केही बेरअघिदेखि भैरहेको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

मुसिकोट नगरपालिका–२ सल्लेदेखि तलपट्टिको जंगलमा साँझ ७ बजेदेखि आगलागी भैरहेको हो । आगो कसले लगायो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले बताए ।

‘प्रहरीसँगै अहिले नेपाली सेना, सशस्त्र प्रहरीले आगो निभाउने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘नजिकै घरहरू पनि भएकाले अरू क्षति नहोस् भन्नेतर्फ पनि ध्यान दिइएको छ ।’

सदरमुकाम नजिकै रहेको यो वन क्षेत्र र आसपासमा बर्सेनि यसैगरी आगलागी हुने गर्छ । तर अहिलेसम्म यसको कारण र दोषी भने पत्ता लाग्न सकेको छैन ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully