एम्बुलेन्स र चालकमाथि आक्रमण गर्ने तीन पक्राउ

पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ११ का वर्ष २० का प्रविण गहतराज, १८ का विशाल बिक र १९ का विशाल विक छन् ।

चैत्र ७, २०८२

विप्लव महर्जन

Three arrested for attacking ambulance and driver

सल्यान — सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्स र चालक बसन्त शर्मालाई आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ११ का वर्ष २० का प्रविण गहतराज, १८ का विशाल बिक र १९ का विशाल विक छन् । 

मदिरा सेवन गरी शुक्रबार राति १० बजेतिर युवाहरुले सुर्खेतको रामघाट बजार नजिकै बीच सडकमा  रोकेर कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१झ ०१३८ नम्बरको एम्बुलेन्स र चालक शर्मालाई आक्रमण गरेका थिए । पक्राउमा परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय छिन्चुमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक दिपक मगराठीले जनाए । 

आक्रमणबाट चालक शर्मा घाइते भएका थिए भने एम्बुलेन्समा क्षति पुगेको थियो । घाइते शर्माले राति नै बिरामी नेपालगन्ज पुर्‍याएका थिए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully