हुम्लाबाट गर्भवतीको हेलिकोप्टरमा उद्धार

शनिबार चंखेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो।

चैत्र ७, २०८२

ज्योति कटुवाल

Pregnant woman rescued by helicopter from Humla

सुर्खेत — हुम्लाको चंखेली गाउँपालिकाकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

शनिबार चंखेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार गर्भमै रहेको शिशुमा जटिल समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाले उनलाई सुर्खेत रिफर गरेको हो।

प्रदेश अस्पतालमा आवश्यक उपकरण र सुविधा उपलब्ध भएकाले आमा र शिशुको ज्यान जोगाउन सकिने विश्वासका साथ उनलाई पठाइएको उनले बताए।

उनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully