कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी संकल्प प्रस्ताव’ पारित

प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त संकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहेका थिए ।

चैत्र ६, २०८२

तृप्ति शाही

Karnali Provincial Assembly meeting: 'Resolution proposal related to air services' passed

सुर्खेत — कर्णाली प्रदेशसभामा शुक्रबार बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी संकल्प प्रस्ताव पास भएको छ ।

प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त संकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहेका थिए । उक्त प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गरेका थिए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको संकल्प प्रस्ताव सर्वसहमतिले पास भएसँगै संघीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully