सुत्केरीको स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
सुर्खेत — बाजुराको बडीमालिका नगरपालिकाकी २१ वर्षीया सुत्केरी सरता रोकायालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
मंगलबार राती सुत्केरी भएकी उनलाई अत्यधिक मात्रामा रक्तस्राव भएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । चिकित्सकको सल्लाहअनुसार सुविधायुक्त स्वास्थ्य संस्थामा लैजान माग भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
