फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी अस्मिताको स्वास्थ्य अवस्था बिग्रदै गएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जुम्ला — तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी अस्मिताको स्वास्थ्य अवस्था बिग्रदै गएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उनले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । तर अस्मिताको स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । प्रसूति अवस्थामा जटिलता आएको र स्वास्थ्यमा सुधार नआएपछि प्रतिष्ठानको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
चिकित्सकले तत्काल सुविधायुक्त स्वास्थ्य निकायमा लैजानुपर्ने भनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अर्न्तगत हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल हुँदा रेफर गरिएको बताए । उनका अनुसार बिरामीको मृगौला र फोक्सोमा समेत समस्या देखिएको छ।