रूकुम पश्चिमका रास्वपा सभापति शाहीद्वारा राजीनामा

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्थाअनुसार जिल्ला सभापति मानबहादुर शाहीको धरौटीसमेत यहाँ जफत भएको छ।

फाल्गुन २५, २०८२

महेश केसी

Rukum West RSVP President Shahi resigns

रूकुम पश्चिम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले सोमबार राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

फेसबुकमा स्ट्याटस राख्दै उनले लेखेका छन्, 'यही फागुन २१ मा  सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै आजकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिको पदबाट राजीनामा प्रदेश सभापतिसमक्ष पेस गरेको छु ।' 

रूकुम पश्चिमबाट चुनाव लडेका शाहीले जम्मा ४ हजार ७६ मत प्राप्त गरी चौथो स्थान हासिल गरेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्थाअनुसार उनको धरौटीसमेत जफत भएको छ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully