कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४/४ सिट जितेका छन् ।
काठमाडौँ — कर्णालीका ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्य ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको हो ।
बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सार्वजनिक अन्तिम नतिजा अनुसार कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४/४ सिट जितेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १/१ स्थानमा विजयी भएका छन् । कांग्रेसका सुर्खेत–१, विष्णुबहादुर खड्का, दैलेख–१ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा र हुम्लामा जयपति रोकाय विजयी भएका छन्।
नेकपका रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् । एमालेले भने दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल मात्र विजयी भएका हुन्।
सुर्खेतमा स्वपाका रमेशकुमार सापकोटा र जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । मुगुमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार मुगुमा कांग्रेसले अग्रता कायम राखेको छ ।
