रुकुम पश्चिममा विवाद भएपछि मतगणना स्थगित

चौरजहारी नगरपालिकाको वडा नं. १, ३ र ५ को मतगणना सुरु गर्दा खसेको मतभन्दा १ सय ६४ मत बढी देखिएपछि विवाद भएको हो ।

फाल्गुन २३, २०८२

महेश केसी

Vote counting postponed after controversy in Rukum West

रुकुम पश्चिम — मतगणनाका क्रममा विवाद उत्पन्न भएपछी रुकुम पश्चिममा गणना कार्य स्थगित भएको छ । चौरजहारी नगरपालिकाको वडा नं. १, ३ र ५ को मतगणना सुरु गर्दा खसेको मतभन्दा १ सय ६४ मत बढी देखिएपछि विवाद भएको हो ।

यस विषयमा सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले समस्या आएको र समाधानका लागी छलफल भैरहेको बताइन् ।रुकुम पश्चिममा अहिलेसम्म २० हजार ७ सय ४१ मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माको अग्रता रहेको छ ।

अहिलेसम्म गोपालले ७ हजार २ सय ७२ मत ल्याउँदा उनलाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्माले ५ हजार १ सय ६० मतले पछ्याइरहेका छन् । जिल्लाका जम्मा ६ वटा पालिकामध्ये आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको मतगणना सकिएर बिहान ६ बजेदेखि चौरजहारी नगरपालिकाको मतगणना सुरु भएको गरिएको थियो ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully