जुम्लामा शाही अघिअघि, भण्डारी पछ्याउँदै

कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ मा १ हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

डीबी बुढा

Shahi leads in Jumla, Bhandari follows

जुम्ला — जुम्लामा सुरुवाती मतपरिणाममा नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाहीबीच एक सय बढीको भोटले मतान्तर रहेको छ । 

कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ मा १ हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका भण्डारीले ४३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत ल्याउँदा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ९ र नेमकिपाका बिर्खबहादुर रावतले ३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा १ हजार २ सय ४५ मत गणना भएको थियो । प्रारम्भीक मतपरिणाम हेर्दा नेकपा र राप्रपा बीचमै प्रतिस्पर्धा हुने देखिएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully