जुम्लामा राप्रपाको अग्रता  कायमै

कनकासुन्दरी गाउँपालिकाको ५ हजार ५९ मत गणना गर्दा उनले २ हजार ६ सय ९१ मतका साथ अग्रता बनाएका हुन् ।

फाल्गुन २२, २०८२

डीबी बुढा

RPP's lead in Jumla remains

जुम्ला —  

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको मत गणनामा जुम्लामा राप्रपाका  ज्ञानबहादुर शाहीले अग्रता कायमै राखेका छन् । कनकासुन्दरी गाउँपालिकाको ५ हजार ५९ मत गणना गर्दा  उनले २ हजार ६ सय ९१ मतका साथ अग्रता बनाएका हुन् ।

यहाँ नेपाली  कम्युनिस्ट  पार्टीका नरेश भण्डारीले  १ हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।  सुरुवाती मत गणनामा यस क्षेत्रमा शाहीले  १ हजार ४ सय ५८ मतको अग्रता  बनाएका छन्  । यहाँ कांग्रेस  ६ सय ५, एमालेले २ सय ८१ र रास्वपाले ३६ मत प्राप्त गरेका छन् ।

यहाँ एक नगरपालिका सहित ६ वटा गाउँपालिकाको मतगणना  गर्न बाँकी  रहेको निर्वाचन  अधिकृतको कार्यालय जुम्लाले जनाएको  छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully