कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक निर्वाचित 

शाहीले एमालेका नगिन्द्र शाही नेश्ननललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी भए । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाए ।

फाल्गुन २२, २०८२

तुलाराम पाण्डे

NCP's Mahendra Bahadur Shahi elected for the fourth time in Kalikot

कालीकोट — एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका नगिन्द्र शाही नेश्ननललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी भए । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाए । कांग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत पाए ।

त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत पाए ।

नेमकिपाका नन्दबहादुर शाहीले ५ सय ९७, राप्रपाका सूर्यबहादुर शाहीले ५ सय ६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २ सय ६९ मत ल्याए ।

पूर्वजनमुक्ति सेनाको छैटौं डिभिजन कमान्डर शाही ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि उर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बने । ०७९ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यो उनको चौथो पटकको जित हो । 

कालीकोटका अधुरा र अपुरा योजना पूरा गर्न भोट मागेका शाहीले कर्णाली राजमार्ग र करिडोरको स्तरोन्नति, फुगाड अर्ध जलाशययुक्त जलविद्युत् निर्माण, कोटवाडा विमानस्थल संचालन लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully