कालिकोटमा नेकपाको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

उनलाई एमालेका नगिन्द्र शाहीले ५ सय ३७ मतसहित पछ्याइ रहेका छन्।

फाल्गुन २२, २०८२

तुलाराम पाण्डे

NCP's initial lead in Kalikot, UML following

कालिकोट — कालिकोटमा सुरु भएको मत गणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन् ।  

पलाता वडा न १,२,३ र ७ को मत गणना हुँदा कर्णाली प्रदेशका पूर्वमुख्य मन्त्री शाहीले ८ सय ३३ मत पाएर सुरुवाती अग्रता लिएका हुन् । 

उनलाई एमालेका नगिन्द्र शाहीले ५ सय ३७ मतसहित पछ्याइ रहेका छन्। 

त्यस्तै कांग्रेसका हर्षबहादुर बम ४ सय ५२ मतसहित तेस्रो स्थानमा छन् । 

नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले १ सय ४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले ८४ मत पाए।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully