भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लाग्ने भएपछि भोलि मात्रै मतगणना सुरु गरिने मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
काठमाडौँ — मुगुमा बिहीबार सम्मन्न प्रतिनिधिसभा सदस्य निर्वाचको नतिजा आउन ढिला हुने देखिएको छ । मतपेटिका ढुवानीमा समय लाग्ने भएपछि भोलि मात्रै मतगणना हुने भएको हो ।
भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लाग्ने भएपछि भोलि मात्रै मतगणना सुरु गरिने मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
उनका अनुसार ७० मतदानस्थल मध्ये हालसम्म ४३ स्थानका मात्र मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् भने आज २६ र भोलि दुई स्थानका मतपेटिका सदरमुकाम आइपुग्ने छन् ।
सडक सञ्जालसँग नजोडिएका केही मतदानस्थलबाट जिल्ला सदरमुकाम हिँडेर आइपुग्न दुई दिन लाग्ने भएकाले मतगणनामा ढिलाइ हुने उनले बताए ।