डाेल्पाका २० केन्द्रबाट मतपेटिका संकलन गर्नै बाँकी

९ केन्द्रकाे मात्र मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको छ ।

फाल्गुन २२, २०८२

रामचन्द्र न्यौपाने

Ballot boxes are yet to be collected from 20 centers in Dolpa.

डोल्पा — हिमाली जिल्ला डाेल्पाका २० मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न अझै बाँकी रहेकाे छ । उपल्लो डोल्पाका २३ मतदान केन्द्रमध्ये ९ केन्द्रकाे मात्र मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको छ भने अझै १४ मतदान केन्द्रबाट मतपेटिका ल्याउन बाँकी छ । 

तल्लो डाेल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा पर्ने ६ वटा मतदान केन्द्रकाे मतपेटिका आज बिहानै गाडीमा ल्याइए पनि अझै दुनैमा नपुगेकाे बताइएको छ । 

त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका,काइके र मुड्केचुला गाउँपालिमा पर्ने ४१ ठाउँको मतपेटिका दुनैस्थित मुख्य निर्वाचन अधिकृकाे कार्यालयमा पुर्‍याइएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका सूचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए । डाेल्पामा स्थायी र अस्थायी गरेर ७० वटा मतदान केन्द्र ताेकिएकाे थियाे । जसमध्ये हालसम्म ५० मतदान केन्द्रकाे मतपेटिका दुनै ल्याइएको छ ।

भाैगाेलिक कठिनाइका कारण मतपेटिका ढुवानी गर्न ढिलाइ भएको बताइएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully