नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उम्मेदवार रहेका कारण पनि रुकुम पूर्वको मतपरिणामलाई चासोका साथ हेरिएको छ।
रुकुम पश्चिम — रुकुम पूर्वमा मतगणना सुरु भएको छ। गएराति सबै निर्वाचन स्थालबाट मतपेटिका संकलन कार्य सम्पन्न भएपछि बिहानपख सर्वदलीय बैठक बसेर निर्णय गरेर गणना सुरु भएको बताइएको छ ।
कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा १८ हजार ६ सय ४ अर्थात करिब ५१ प्रतिशत मत खसेको थियो ।
जम्मा ४४ मतदानस्थलमा १ अस्थायीसहित ५७ मतदान केन्द्र रहेको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. १ पाखापानी र पुथाउत्तरगंगा गाउँपालिाका वडा नं.२ को हार्दिबाङ र पेल्माबाट हेलिकप्टरमा हिजो साँझ नै मतपेटिका सदरमुकाम ल्याइएको थियो भने बाँकी मतपेटिका रातभरीमा संकलन गरिएको थियो।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उम्मेदवार रहेका कारण पनि रुकुम पूर्वको मतपरिणामलाई चासोका साथ हेरिएको छ।