डोल्पाका ७० वटा मतदान केन्द्र मध्ये ६५ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
डोल्पा — डोल्पाका ७० वटा मतदान केन्द्र मध्ये ६५ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
अहिलेसम्म ६५ वटा मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगका अनुसार शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने कुगाउँ, कराङ्, फोत, भिजेर र पुग्मो अझै मतदान सुरु भएको छैन्।
अत्यधिक चिसोका कारण मतदान सुरु हुन नसकेको बताइएको छ।
