उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग

भौगोलिक रुपमा विकट उपल्लो डोल्पामा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको हो ।

फाल्गुन २१, २०८२

रामचन्द्र न्यौपाने

Helicopter used to collect ballot boxes from 23 polling stations in Upper Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।

भौगोलिक रुपमा विकट उपल्लो डोल्पामा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमालले हेलिकप्टर आइपुगेको भन्दै शुक्रबार बिहानैदेखि उपल्लो डोल्पाका सबै मतदान केन्द्रका मतपेटिका ढुवानी सुरु गरिने जानकारी दिइन् । 

स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र भएको डोल्पामा स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका अनुसार डोल्पामा कुल ६६.१६ प्रतिशत मत खसेको छ भने

संख्यात्मक हिसाबमा भन्नुपर्दा १५ हजार ९ सय ५६ मत खसेको कार्यालयको भनाइ छ । कुल मतदाता २४ हजार १ सय १५ रहेको डोल्पामा ८ हजार १ सय ५९ मत भने खसेन ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully