जिल्लाको क्षेत्र नम्बर १ मा ७० हजार १६७ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७३ हजार २५६ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरूङले जानकारी दिए ।
वीरेन्द्रनगर — सुर्खेतमा ५७ प्रतिशत मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर १ मा ७० हजार १६७ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७३ हजार २५६ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरूङले जानकारी दिए ।
दुवै क्षेत्रमा महिला मतदाताको संख्या बढी छ । क्षेत्र नम्बर १ मा ४० हजार ६१९ महिला मतदाता भएकोमा पुरूष २९ हजार ४७६ मतदाताले मत हाले । यस्तै क्षेत्र नम्बर २ मा ४० हजार ४३७ महिला मतदाता भएकोमा पुरूष ३२ हजार ९१९ ले मतदान गरे । जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता थिए ।
जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई अस्थायीसहित २ सय ४२ मतदानस्थल थिए भने ३ अस्थायीसहित ३ सय ५ मतदान केन्द्र थिए ।
सुर्खेत १ मा १ लाख २२ हजार ९ सय २ मतदाता थिए भने २ मा १ लाख २७ हजार ६६८ मतदाता थिए ।
जिल्लाका नजिकका मतदान केन्द्रबाट मतहरू गणनास्थलमा पुगिसकेका छन् भने टाढाका केन्द्रबाट ढुवानीको कार्य भइरहेको छ ।
कर्णाली प्रदेशभर ५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
