जिल्लाको ११० मतदान केन्द्रमा मतदान एकैसाथ सुरु भएको थियो । महिला २० हजार ४५ र पुरुष १९ हजार ६७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा ५३ दशमलव ९९ प्रतिशत मत खसेको छ । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेको जुम्लामा ३९ हजार १ सय १२ अर्थात ५३.९९ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।
जिल्लाको ११० मतदान केन्द्रमा मतदान एकैसाथ सुरु भएको थियो । महिला २० हजार ४५ र पुरुष १९ हजार ६७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
३२ हजार ६ सय २७ मतदाता सहभागी भएनन । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सकिएको छ । मतदान सकिएपनि मतपेटी ल्याउने काम चलिरहेको छ । मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याइसकेपछि सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
मतगणनास्थलमा फलामे डण्डी सहितको घेराबार लगाइएको छ । १० वटा सिसी क्यामराको निगरानीमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयल जनाएको छ र
फलामे डण्डीसहितको घेराबार भएको मतगणनास्थल जुम्लामा तयार गरिएको छ ।