कर्णालीमा २ लाख ९८ हजार २ सय ८ महिला, २ लाख ५१ हजार ५ सय ९९ पुरुष र अन्य २ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।
सुर्खेत — कर्णाली प्रदेशमा ५२.५ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा १० लाख ४८ हजार १ सय ३८ मतदातामध्ये ५ लाख ४९ हजार ८ सय ९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशभरि ९ सय ४१ मतदान केन्द्र थिए ।
कर्णालीमा २ लाख ९८ हजार २ सय ८ महिला, २ लाख ५१ हजार ५ सय ९९ पुरुष र अन्य २ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मतदानको समयमा कर्णालीमा कुनै पनि अप्रिय घटना भएनन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार सुर्खेत १ मा ५३.१९, सुर्खेत २ मा ५५.९७, दैलेख १ मा ४९.३५ र दैलेख २ मा ४३.१ प्रतिशत मतदान भएको जानकारी दिए ।
उनका अनुसार जाजरकोटमा ५६.१४, सल्यानमा ४४.४० र रुकुम पश्चिममा ५७.९७, कालीकोटमा ४८.६२, जुम्लामा ५६.०४, मुगुमा ५८.९०, डोल्पामा ६३.१४ र हुम्लामा ५२.५ प्रतिशत मतदान भएको छ ।
प्रदेश निर्वाचन अधिकारी गुरुङले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका ल्याउन थालिएको जानकारी दिए ।
