घर बनाउँन खनेको खाल्डोमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु

उनीहरू बस्ने घरनजिकै घर बनाउँन खनेको खाल्डोमा परि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

फाल्गुन १९, २०८२

तृप्ति शाही

Two children from the same family die after drowning in a hole dug to build a house

वीरेन्द्रनगर — सुर्खेतमा घर बनाउन खनेकाे खाल्डाेमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिकोटको तिलागुफा नगरपालिका–९ चिलखाया घर भइ वीरेन्द्रनगर नगरपालिका–९ मा बस्ने टेकबहादुर कटुवालका ७ वर्षका छोरा खेमराज कटुवाल र ५ वर्षकी छोरी दिपीका कटुवाल हुन् ।

उनीहरू बस्ने घरनजिकै घर बनाउँन खनेको खाल्डोमा परि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनीहरूलाई सोमबार साँझ स्थानीयले डुबेको अवस्थामा देखेका थिए । स्थानीयको खबरपछि पुगेको प्रहरीले उद्वार गरी प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियो । 

उपचारमा संलग्न चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully