निर्वाचन सुरक्षा तयारी बुझ्न डोल्पा पुग्यो प्रदेश प्रमुख सचिवसहितको सुरक्षा प्रमुखको टोली 

जिल्लामा भइरहेको निर्वाचन तयारीसँगै मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलता र मतदाता बारे जानकारी लिन उक्त टोली डोल्पा पुगेको हो ।

फाल्गुन १७, २०८२

रामचन्द्र न्यौपाने

A team of security chiefs, including the provincial chief secretary, reached Dolpa to assess election security preparations.

डोल्पा — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा अवस्था बुझ्न कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहित प्रदेश सुरक्षा प्रमुखहरूको टोली डोल्पा पुगेको छ । 

जिल्लामा भइरहेको निर्वाचन तयारीसँगै मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलता र मतदाता बारे जानकारी लिन उक्त टोली डोल्पा पुगेको हो । 

आइतबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत जिल्ला पुगेको उक्त टोलीले जिल्लाको समग्र जिल्लाको निर्वाचन सुरक्षाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् । उनले माथिल्लो डोल्पाका मतदान केन्द्रहरूमा निर्वाचन सामग्री, कर्मचारी लगायत सुरक्षाकर्मीहरु शनिबारदेखि दुई वटा हेलिकप्टरबाट पठाउन सुरु गरेको प्रजिअ हमालले बताएकी थिइन्। 

भौगोलिक विकटता कारण माथिल्लो क्षेत्रका मतदान केन्द्रहरूमा कर्मचारी पुर्‍याउन र ल्याउन समस्या रहेको बताउँदै उनले निर्वाचनपछि माथिल्लो क्षेत्रमा खटिएका कर्मचारीहरुलाई ल्याउनसमेत सहजीकरण गरिदिन प्रदेशबाट आएको टोलीलाई आग्रह गरिन् ।

नेपाली सेनाका उत्तर पश्चिम पृतनापती दिपेशजंग शाह,प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा,सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठलगायतको टोली डोल्पा पुगेको थियो । 

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully