साम्बालाई कर्णाली प्रदेश ट्राफिकले गर्‍यो ५० हजार सहयोग

कर्णाली प्रदेशका कार्यालय प्रमुख प्रहरी उपरिक्षक एसपी मुकुन्द प्रसाद रिजालले प्रदेशभर कार्यरत १ सय १७ जना ट्राफिक प्रहरीले आफूखुसी आर्थिक सहयोग गरेको बताए ।

फाल्गुन १५, २०८२

ज्योति कटुवाल

Karnali Province Traffic provided 50,000 rupees in assistance to Samba

सुर्खेत — नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । 

कर्णाली प्रदेशका कार्यालय प्रमुख प्रहरी उपरिक्षक एसपी मुकुन्द प्रसाद रिजालले प्रदेशभर कार्यरत १ सय १७ जना ट्राफिक प्रहरीले आफूखुसी आर्थिक सहयोग गरेको बताए । 

‘हामीले आफूले सक्ने थोरै रकम सहयोग गरेका छौं,’ उनले भने, ‘सबैको धेरथोरै सहयोगले उहाँकै क्युआरमा पठाएका छौं ।’

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully