बिहीबार कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, कर्णाली प्रदेश निर्वाचन कमाण्ड सेलका पदाधिकारीहरुसँग प्रदेशको सुरक्षा अवस्थाका बारेमा छलफल र अन्तरक्रिया गरेको उत्तरपश्चिम पृतना हेडक्वाटरले बताएको छ ।
सुर्खेत — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी बुझ्न नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेत पुगेका छन् ।
बिहीबार कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, कर्णाली प्रदेश निर्वाचन कमाण्ड सेलका पदाधिकारीहरुसँग प्रदेशको सुरक्षा अवस्थाका बारेमा छलफल र अन्तरक्रिया गरेको उत्तरपश्चिम पृतना हेडक्वाटरले बताएको छ । प्रधानसेनापति सिग्देलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता एवं प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
उत्तरपश्चिम पृतनाका पृतनापति दिपेशजंग शाहले आगामी निर्वाचन तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्र, जनशक्ति र स्रोतसाधन परिचालनसम्बन्धी योजनाबारे प्रधानसेनापतिलाई जानकारी गराएका थिए ।
