सल्यानमा पाँच थान भरुवा बन्दुक बरामद 

छत्रेश्वरी गाउँपालिका २ जुम्लेसल्ला सामुदायिक वनको रानीपोखरी नजिकै जंगलमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।

फाल्गुन ११, २०८२

विप्लव महर्जन

Five loaded guns seized in Salyan

सल्यान — प्रतिनिधि सभाको निर्वाचन नजिकिंदै गर्दा सल्यानमा जंगलमा लुकाई राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद भएको छ।

छत्रेश्वरी गाउँपालिका २ जुम्लेसल्ला सामुदायिक वनको रानीपोखरी नजिकै जंगलमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । 

बरामद गरेको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएर राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताए । गोप्य सूचनाको आधारमा खोजतसाल गर्दै जाँदा भरुवा बन्दुक फेला पारिएको उनले जानकारी गराए । 

उनका अनुसार भरुवा बन्दुक प्रयोग गर्न मिल्ने खालका रहेका छन्। भरुवा बन्दुक कसले लुकाई राखेको भन्ने खुलेको छैन। स्थानीयले जंगली जनावर मार्नका लागि प्रयोग गर्दै आएको र प्रहरीले फेला पारेमा पक्राउमा पर्ने डरले जंगलमा लुकाई राखेको हुनसक्ने प्रनाउ केसिको भनाई छ । 

दुई महिना यता जिल्लाका विभिन्न स्थानबाट पटक पटक गरी जंगलमा लुकाई राखेको अवस्थामा ५० थान भन्दा बढि भरुवा बन्दुक बरामद गरिएको र धेरैजसो प्रयोग गर्दै आएको रहेको प्रनाउ केसीले जानकारी गराए ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully