भेरी नदीमा डुबेर महिला बेपत्ता 

उद्धारका लागि नदीमा हाम फालेका बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४२ वर्षीय जितेन्द्र शाह पनि डुबेर गम्भीर घाइते भएका छन् ।

फाल्गुन ८, २०८२

विप्लव महर्जन

Woman goes missing after drowning in Bheri River

सल्यान — भेरी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् । दाङ्ग तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भई बनगाड कुपिण्डे नगरपालिका–६ सुनौलीस्थित माइत आएकी २१ वर्षीया पुष्पा सिंह सल्लीबजार नजिकै पर्ने भेरी नदीको पुलबाट हामफलेर बेपत्ता भएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार पुष्पा फोटो खिच्दै गर्दा पुलबाट हाम फलेकी थिइन् ।

पुष्पाका श्रीमान त्रिदेव मल्ल पनि साथमै थिए । पुष्पाको उद्धार गर्न नदीमा हाम फालेका बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४२ वर्षीय जितेन्द्र शाह पनि डुबेर गम्भीर घाइते भएका छन् । उनलाई स्थानीय र प्रहरीले उद्दार गरेको प्रनाउ केसीले जानकारी गराए । 

उनका अनुसार उद्धारपछि शाहको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भैरहेको र बेपत्ता महिलाको खोजी जारी छ । घटनाको अनुसन्धान भैरहेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully